Sarthak Joshi
Grade 3

मेरो गाउँ खेतीपाती गोठभरी गाई
गाईहेर्न जान्छ मेरो कान्छो दाइ
करेसामा तरकारी वनभरी काफल
पल्ला घरका काका बजाउँछन् मादल

पहाडमा कोदो मकै मधेसमा धान
धेरै फल्ने गाउँ घरमै हो सबैले जान
सहरमा जस्तो धेरै गाउँघरमा हुन्न
गाउँघरले खेती गर्छ सहर किन्छ अन्न

गाउँ बस्दा गाउँ राम्रो सहर बस्दा सहर
आफ्नो गाउँ छोडी जाने नगरौँ है रहर
गाउँ सहर तराई,हिमाल, पहाड जति
देसभित्र बस्ने सबैको होस् समुन्नति

Shares:

Leave a Reply

Your email address will not be published. Required fields are marked *